images

२०८३ आश्विन १९ गते

images
images
images

सानिगाड हाइड्रोको वैदेशिक रोजगारी आईपीओ बाँडफाँट

सानिगाड हाइड्रोको वैदेशिक रोजगारी आईपीओ बाँडफाँट

images
images
आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सोमबार गोलाप्रथामार्फत सेयर वितरण गरेको हो।कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको अनुमति पाएकोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ५ लाख ७० हजार कित्ता सेयर छुट्याएको थियो। उक्त आईपीओ चैत ८ देखि ११ गतेसम्म खुला गरिएको थियो।

    images
    images

    निष्काशन अवधिमा ८३ हजार २४६ जनाले आवेदन दिएका थिए, जसमध्ये ८३ हजार २१६ जनाको १२ लाख ३० हजार ३० कित्ता सेयरका लागि परेको आवेदन मात्र स्वीकृत भएको छ। मागभन्दा झन्डै दोब्बर आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँट गरिएको हो।बाँडफाँटमा ५७ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने २६ हजारभन्दा बढी आवेदक खाली हात परेका छन्।यसैबीच आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरिएको आईपीओमा पर्याप्त आवेदन नपरेपछि अवधि थप गरिएको छ। उक्त प्रक्रिया सम्पन्न भएपछि मात्र सर्वसाधारणका लागि आईपीओ निष्काशन गरिने कम्पनीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend