images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचान गर्न...

बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचान गर्न उपकरण प्रदान

बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचान गर्न उपकरण प्रदान

images
images
आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • महोत्तरी । बर्दिबास युथ क्लबले महोत्तरीको बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचानका लागि आवश्यक पर्ने उपकरण सहयोग गरेको छ । ‘सिला मागलुमि ८००’ नामक उक्त उपकरणको रु २५ लाख बराबरको भएको बताइएको छ ।अस्पतालमा सो रोग पहिचानका लागि उपकरण नहुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता रही आएको थियो । यस्तो अवस्थालाई दृष्टिगत गर्दै बर्दिबास युथ क्लबले बर्दिबास अस्पतालका लागि रु २४ लाख ८६ हजारको ‘थाइराइड उपचार मेसिन’ प्रदान गरेको हो ।बर्दिबास युथ क्लबका अध्यक्ष कृष्ण कार्कीले आज बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्मालाई सो मेसिन हस्तान्तरण गरेका हुन् ।

    images
    images

    सो अवसरमा नगरप्रमुख क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष शर्माले अब यस अस्पतालमा आजैदेखि थाइराइड रोगको पनि उपचार सुरुआत गरिने जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend