images

२०८३ आश्विन २३ गते

images
images
images

दशैं बजारको व्यापार ५० प्रतिशतले घट्यो,

दशैं बजारको व्यापार ५० प्रतिशतले घट्यो,

images
images
सोमवार, आश्विन २८ २०८१
सोमवार, आश्विन २८ २०८१
  • दशैंका अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा सञ्चालित सस्तो बजारमा यस वर्ष रु ३ करोडको कारोबार भएको छ ।

    images
    images

    गत वर्ष करिब ७।८ करोडको कारोबार भएको बजारमा यसवर्ष व्यापार घटेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताए ।

    सघंका वरिष्ठ उपाध्यक्ष मनोज साहका अनुसार यस वर्ष सस्ता बजारको व्यापारमा गिरावट आएको छ ।

    images
    images

    करिब १० वर्षदेखि स्टल राख्दै आएका सुलभ किचेन सेन्टरका सञ्चालक गङ्गाराम साहले यो वर्ष ५० प्रतिशत पनि व्यापार नभएको र खर्च समेत नउठेको गुनासो गरे ।

    करिब २० वर्षदेखि स्टल राखेर व्यापार गर्दै आएका ६० वर्षीय बलराम साहले भने,यस पालि स्टाफ खर्च पनि उठेन र यो भन्दा राम्रो व्यापार हाम्रो काउन्टरमै थियो ।

    उनले बजारको व्यवस्थापनमा कमजोरी रहेको गुनासो गरे । दैनिक उपभोग्य वस्तु बिक्रीवितरण हुने सस्ता बजार जनकपुर–दशैं मेलाको मुख्य आकर्षण हो । यो मेलामा मुख्यतया साबुन, सर्फ, अगरबत्ती, चियापत्ती, चाउचाउ, भुजिया, प्लास्टिकका भाँडावर्तन, जुत्ताचप्पल र लत्ताकपडा किन्ने ग्राहकको घुइँचो लाग्ने गर्छ ।​
    घटस्थापना देखि दशमीसम्म बजार सञ्चालन गरिए पनि मुख्य आकर्षण पञ्चमी देखि अष्टमी सम्म रहने गरेको सघंकी महिला उपाध्यक्ष रिङ्कु शाहले बताइन् । 

    जनकपुर उद्योग वाणिज्य सघंको पहलमा विगत ४८ वर्ष देखि जनकपुरमा दशैं बजार लाग्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend