images

२०८३ आश्विन १६ गते

images
images
images

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

images
images
शनिवार, चैत्र २१ २०८२
शनिवार, चैत्र २१ २०८२
  • काठमाडौं, २१ चैत  । राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका क्षेत्रमा अतुलनीय योगदान पु¥याएवापत अग्रज महिलाहरूलाई विशेष सम्मान अर्पण गरिइएको छ ।  

    images
    images

    नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीका अवसरमा नेपाल महिला चेम्बरद्वारा आयोजित विशेष कार्यक्रममा प्रथम राष्ट्रपति रामवरण यादव, नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ र  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त रुपमा विभिन्न क्षेत्रहरूमा ऐतिहासिक योगदान पु¥याएका महिलाहरूलाई विशेष सम्मान गर्नुभएको हो । 

    आयोजक सस्थाद्वारा जारी विज्ञप्तिका अनुसार यसरी सम्मानितहुनेहरूमा प्रथम महिला सभामुख ओनसरी घर्ती  मगर, प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, स्काउटिङ रामवदन जोशी, लैंगिक अधिकार विज्ञ चाँदनी जोशी, प्रथम महिला इञ्जिनियर शान्ति मल्ल, शिक्षाविद् अगाथा थापा, तत्कालीन प्रवेशिका परीक्षामा ‘बोर्ड’ प्रथम लुना भट्ट, प्रथम महिला ‘कमर्शियल पाइलट’ रक्षा राणा, उद्यमी श्यामबदन श्रेष्ठ, पद्मासना शाक्य, शान्ति  चड्ढा र पर्यटन व्यवसायी श्रृजना राणा हुनुहुन्छ । 

    images
    images

    यसैगरी लायन्स क्लव र रोटरी क्षेत्रमा मिलन थापा र जया राज्यलक्ष्मी शाह, पूर्व मुख्यसचिव लिलादेवी गड्तौला, अर्थशास्त्री डा पुष्पा श्रेष्ठ, कला तथा मनोरञ्जनतर्फ उर्मिला उपाध्याय गर्ग, अभिनेत्री भुवन चन्द, पूर्व प्रशासक उषा नेपाल, प्रहरी अधिकृत बिमला थापा शर्मा, पूर्व सचिव बिन्द्रा हाडा, उद्यमी भवानी राणा, नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना, रानु देवी अधिकारी, सानुनानी कंसाकारलाई सम्मान समर्पण गरिएको थियो । 
    सोही अवसरमा रत्नेश्वरी श्रेष्ठ , ओलम्पियन संगिना वैद्य, दृष्टिविहीन शिक्षिका सीता ज्ञवाली, चेपाङ समुदायकी मनजू प्रजा, सामाजिक अभियन्ता अञ्जली देवी मास्के, प्रथम मिस नेपाल रुबी राणा शाह, चालक मच्छरीदेवी चित्रकार, टेम्पो चालक लक्ष्मी शर्मा, कलाकार स्नेहा श्रेष्ठ (इम्याजिन), बडिबिल्डर निर्मला महर्जन, कलाकार मनीषा कोइराला, पौराणिक व्यक्तित्व सीता (जानकी) र वैदिक दार्शनिक गर्गीलाई पनि विशेष रूपमा उक्त सम्मान समर्पण गरिएको थियो । 

    कार्यक्रममा प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी एवं  प्रथम महिला प्रधानमन्त्री एवं प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको  अतुलनीय योगदानको स्मरण सहित सम्मान अर्पण गरिएको विज्ञप्तिमा उल्लेख छ । 

    त्यस्तै प्रथम महिला शासक नायब राजेन्द्र लक्ष्मी शाह, कान्तिराज्य लक्ष्मी देवी, योगमाया न्यौपाने, साहित्यकार बिष्णुकुमारी बाईवा ‘पारिजात’, राजीतिज्ञ शैलजा आचार्य,साधना प्रधान अधिकारी,सहाना प्रधान, मिडियाकर्मी कृष्णा ताम्राकार, गायिका  सनुमाया गुरुङ, अधिवक्ता सुशीला सिंह, राजनीतिज्ञ इन्दिरा श्रेष्ठ, समाजसेवी अमृता कठायत,राजनीतिज्ञ  द्वारिकादेवी ठकुरानी, चन्द्रकला किरण महत, लोकसेवा आयोग सदस्य उमा पाण्डे, राजदूत बिन्देश्वरी शाह, संसद उपाध्यक्ष कमल राणा, शिक्षाविद् अंगुरबाबा जोशी र पर्यटन उद्यमी अम्बिका श्रेष्ठ, शिक्षाविद्  चन्द्रकान्ता देवी मल्ल, सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा, व्यावसायिक प्रशिक्षक सुनिता मलेकु, सेयर बजारकी सुचित्रा खनाल, चालक रामदेवी श्रेष्ठको योगदानको स्मरण गर्दै मरणोपरान्त सम्मान समर्पण गरिएको थियो  । स्वर्गीय व्यक्तित्वहरूका परिवारजनमार्फत सम्मान अर्पण गरिएको विज्ञप्तिमा जनाइएको छ  । 

    महिला चेम्बरकी अध्यक्ष श्रेष्ठ सम्मानित 

    सोही अवसरमा नेपाल महिला चेम्बर सम्बद्ध रही हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट सांसद बन्न सफल हुनु हुने लीमा अधिकारी, बसुमाया तामाङ, नीतिमा कार्की भण्डारी र इन्दिरा राना मगरलाई पनि सम्मान गरिएको थियो  । साथै कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । 

    सो अवसरमा प्रथम राष्ट्रपति यादवले विभिन्न क्षेत्रका अग्रणी तथा पथप्रदर्शक महिलाहरुलाई सम्मान गर्न पाउँदा आफूलाई गौरव अनुभूति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आज सम्मानित व्यक्तित्वहरुबाट सिंगो समाज  र नयाँ पुस्तालाई हौसला प्रदान हुँदै आएको छ । ”

    नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती समारोह समितिका अध्यक्ष श्रेष्ठले २००७ सालमा स्थापना भएको सस्थाको हीरक जयन्तीका अवसरमा नेपाल महिला चेम्बरले अग्रणी महिला सम्मान कार्यक्रम मार्फत समाजलाई सम्मानित महिलाहरूको जस्तै ओज हासिल गरेको बताउनुभयो ।  

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अग्रवालले नेपाल चेम्बर अफ कमर्सको इतिहास  गर्विलो रहेको उल्लेख गर्दै यसको प्रतिष्ठा र गरिमालाई यस्ता कार्यक्रमले अझ उचो पारेको छ भन्नुभयो ।  

    नेपाल महिला चेम्बरकी अध्यक्ष श्रेष्ठले देशका अग्रणी महिलाहरुको योगदानको कदर स्वरुप सम्मान कार्यक्रम आयोजना गरिएको जनाउनुहुँदै महिला चेम्बरले महिला सशक्तिकरण, उद्यमशीलता विकास जस्ता विषयलाई जोड दिँदै आएको जानकारी गराउनुभयो ।  उहाँले भन्नुभयो “यस्ता सम्मान कार्यक्रमले महिलाहरूको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्न सहयोग गर्ने छ  । ” कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले धन्यवाद ज्ञापन गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend