images

२०८३ आश्विन १८ गते

images
images
images

चितवनमा बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप अभियान

चितवनमा बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप अभियान

images
images
शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • चितवन । सामुदायिक कुकुर तथा बिरालोबाट रेबिज फैलन नदिन चितवनको कालिका नगरपालिकाले स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप अभियान सम्पन्न गरेको छ । सामुदायिक कुकुर तथा बिरालोहरू जङ्गली जनावरसँग सम्पर्कमा आउने भएकाले रोग फैलिने जोखिम उच्च हुने भन्दै अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाका पशु चिकित्सक डा. राजुप्रसाद न्यौपानेले नेपाल सरकारको लक्ष्यअनुसार रेबिज नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। अभियानअन्तर्गत नगरपालिकाका सबै वडामा पुगेर कुकुर तथा बिरालो सङ्कलन गरी बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप लगाइएको उgले जानकारी दिए।

    images
    images

    यही चैत १२ देखि १४ गतेसम्म दुई सय ७२ कुकुर र दुई बिरालोको स्थायी बन्ध्याकरण गरिएको थियो । “यो कार्यक्रम गतवर्ष सञ्चालन गरिएको थियो, त्यसको निरन्तरता र सामुदायिक कुकुर बिरालो नियन्त्रणलाई अझ प्रभावकारी बनाउन यस वर्ष पनि अभियान सञ्चालन गरिएको हो”, डा. न्यौपानेले भने ।नेपाल सरकारले सन् २०३० सम्म कुकुर तथा बिरालोका कारण हुने रेबिजबाट मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको र सोही लक्ष्यअनुसार ‘एनिमल बर्थ कन्ट्रोल’ कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरिएको जनाइएको छ । गतवर्ष करिब एक सय ५० कुकुर तथा बिरालोको बन्ध्याकरण गरिएको थियो।बन्ध्याकरणपछि स्वास्थ्य अवस्था जाँच गरी आवश्यक उपचारसमेत गरिएको डा. न्यौपानेले जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend