काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनि चेञ्जरको इजाजत पत्र रद्द गरेको छ । राष्ट्र बैंकले अमृत लक्ष्मी मनि चेञ्जर प्रालि र सुपर फाइन मनि चेञ्जर प्रालिको इजाजत रद्द गरेको हो ।राष्ट्र बैंकका अनुसार यी दुई कम्पनी मोरङको विराटनगर महानगरपालिका वडा नं. १५ मा रहेका थिए ।
विनियमावली भएको व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले इजाजत पत्र रद्द गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।




.gif)



