images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • आठ महिनामा ७० अर्ब मूल्यबराबर नयाँ...

आठ महिनामा ७० अर्ब मूल्यबराबर नयाँ धितोपत्र सूचीकृत, ३७ अर्बको निष्कासन अनुमति

आठ महिनामा ७० अर्ब मूल्यबराबर नयाँ धितोपत्र सूचीकृत, ३७ अर्बको निष्कासन अनुमति

images
images
शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा धितोपत्र बजारमा ७० अर्ब ४६ करोड रुपैयाँ बराबरका नयाँ धितोपत्र सूचीकृत भएका छन्। नेपाल धितोपत्र बोर्डले पनि यस अवधिमा ३७ अर्ब १ करोड रुपैयाँ बराबरको विभिन्न धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ।चालु आर्थिक वर्षको पहिलो आठ महिनामा कुल ७० अर्ब ४६ करोड रुपैयाँबराबरको धितोपत्र सूचीकृत भएको छ। सूचीकृत धितोपत्रमा साधारण सेयर, बोनस सेयर, हकप्रद सेयर, म्युचुअल फन्ड, डिबेन्चर, एफपीओ र अन्य समावेश छन्।यसमा ३६ अर्ब २८ करोडको साधारण सेयर, १२ अर्ब ५९ करोड बोनस सेयर, ९ अर्ब ६४ करोड हकप्रद सेयर, ७ अर्ब ५० करोड म्युचुअल फन्ड, ३ अर्ब ४० करोड डिबेन्चर, ९२ करोड ५० लाख एफपीओ र २ करोड २९ लाख अन्य धितोपत्र समावेश छन्।

    images
    images

    यस अवधिमा नेपाल धितोपत्र बोर्डले विभिन्न धितोपत्र सार्वजनिक निष्कासनको अनुमति प्रदान गरेको छ। बोर्डले ३७ अर्ब १ करोड रुपैयाँबराबरको धितोपत्र निष्कासनका लागि स्वीकृति दिएको छ। स्वीकृतिमा २३ अर्ब १३ करोड म्युचुअल फन्ड, ८ अर्ब ७० करोड साधारण सेयर, ४ अर्ब ९४ करोड हकप्रद सेयर, २० करोड डिबेन्चर र ५ करोड एफपीओ समावेश छन्।साथै यस अवधिमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या बढेको छ। फागुन मसान्तसम्म सूचीकृत कम्पनी २८६ पुगेका छन्, जबकि अघिल्लो वर्षको सोही अवधिमा २६८ कम्पनी मात्रै थिए।सूचीकृत कम्पनीमा १३३ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी, ९७ जलविद्युत् कम्पनी, २७ उत्पादन तथा प्रशोधन उद्योग, आठ होटेल, सात लगानी कम्पनी, चार व्यापारिक संस्था र १० अन्य समूहका कम्पनीहरू रहेका छन्।

    धितोपत्र बजारको पुँजीकरण ४७ खर्ब नाघ्यो, बैंक-वित्त क्षेत्रको प्रभुत्व कायमै

    images
    images

    चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म नेपाल धितोपत्र बजारको पुँजीकरण ४७ खर्ब ४४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले कुल बजार पुँजीकरणको आधाभन्दा बढी हिस्सा ओगटेको देखिएको छ भने जलविद्युत्, लगानी कम्पनी र उद्योग क्षेत्र क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्।नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, २०८१ फागुन मसान्तमा ४५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ रहेको बजार पुँजीकरण यस वर्ष बढेर ४७ खर्ब ४४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।यद्यपि बजार पुँजीकरण वृद्धि भए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात भने केही घटेको छ। २०८१ फागुनमा बजार पुँजीकरण जीडीपीको ७९.५९ प्रतिशतमा रहेकोमा २०८२ फागुनमा ७७.६९ प्रतिशतमा झरेको छ। यसले देखाउँछ कि बजारमा थप लगानी भए पनि जीडीपीसँगको सापेक्षिक अनुपातमा वृद्धि केही कम छ।

    बजार पुँजीकरणको हिस्सामा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको प्रभुत्व कायमै छ। यी संस्थाहरूको हिस्सा ५२.२ प्रतिशत रहेको छ। त्यसपछि जलविद्युत् कम्पनीको १५.९ प्रतिशत, लगानी कम्पनीको ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ७.२ प्रतिशत, व्यापारिक संस्थाको ४.४ प्रतिशत, होटेल क्षेत्रको ३.१ प्रतिशत र अन्य समूहको ९.८ प्रतिशत हिस्सा रहेको छ।नेप्सेमा सूचीकृत कुल ९ अर्ब २६ करोड कित्ता सेयरको चुक्ता मूल्य ९११ अर्ब ९९ करो रुपैयाँ पुगेको छ। यसै अवधिमा नेप्से परिसूचक पनि वृद्धि भएको छ। २०८१ फागुनमा २७३६.४९ अंकमा रहेको नेप्से सूचकांक २०८२ फागुनमा बढेर २८२०.४५ अंकमा पुगेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend