images

२०८३ आश्विन २५ गते

images
images
images
  • अर्थतन्त्र
  • नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने योजना कागजमै...

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने योजना कागजमै सीमित , १२ अर्ब ४३ करोड बराबरको धान आयात

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने योजना कागजमै सीमित , १२ अर्ब ४३ करोड बराबरको धान आयात

images
images
अर्थ समाचार
आइतवार, आषाढ १६ २०८१
अर्थ समाचार
आइतवार, आषाढ १६ २०८१
  • काठमाडौं : शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रममा धान उत्पादन बढिरहेको दाबी गरे। 

    images
    images

    धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिँदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम  बजेटमा प्राथमिकतामा राखिएको बताए। 

    धानमा आत्मनिर्भर हुन व्यवसायीक खेती प्रणाली, सिँचाइको सुविधा, यान्त्रिकीकरणलाई प्राथमिकतामा राखिने प्रधानमन्त्रीको भनाइ थियो। तर, नेपालमा धान उत्पादनको अवस्था भारतबाट आयत हुने चामलको तथ्यांक हेर्दा टिठलाग्दो छ। सरकारी उपेक्षा कारण वर्षेनी कृषि उपज मात्रै ३ खर्ब रुपैयाँ बराबरको आयात भइरहेको तथ्यांक छ।

    images
    images

    प्रधानमन्त्रीदेखि कृषि मन्त्रीसम्मले आगामी बर्षमा मुलुक धानमा आत्मनिर्भर बन्ने भनेर घोषणा गर्दै आइरहेका छन्। तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निकायहरूले सार्वजनिक गरेको तथ्यांकमा चालु आर्थिक बर्षको एघार महिनामा १२ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको ३ लाख ७ हजार ४ सय १७ मेट्रिक टन धान आयात भएको छ।

    यस्तै, ८ अर्ब ६९ करोड १७ लाख रुपैयाँ बराबरको विभिन्न प्रकारको ८२ हजार ७ सय ९१ मेट्रिक टन चामल पनि आयात भएको छ। नेपालमा ८० लाख टन धानको माग छ। हाल स्वदेशमा वार्षिक ५१ देखि ५५ लाख टन हाराहारीमात्रै धान उत्पादन भइरहेको छ। मागअनुसार वार्षिक करिब ३० लाख टन धान अपुग छ।

    एक सय किलो धानबाट ६० किलो चामल तयार हुन्छ। तर, अहिले ३० लाख ६० हजार चामलमात्रै उत्पादन भइरहेको छ। चामलमात्रै साढे १७ लाखदेखि १८ लाख टन अभाव रहेको आँकलन गरिएको छ। 

    चालु आर्थिक बर्ष २०८०।८१ मै नेपालमा १३ लाख ३४ हजार २७७ हेक्टरबाट ५२ लाख ३ हजार ४ सय २६ मेट्रिक टन धान फलेको थियो। त्यस्तै, गत आर्थिक वर्ष २०७९।८० मा २० अर्ब ७५ लाखको धान र १५ अर्ब ९१ करोडको चामल आयात भएको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend