images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा उच्च अंकको गिरावट, १२...

सेयर बजारमा उच्च अंकको गिरावट, १२ अर्ब माथिको कारोबार

सेयर बजारमा उच्च अंकको गिरावट, १२ अर्ब माथिको कारोबार

images
images
बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  • काठमाडौं। बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज भने ७४.७३ अंकले घटेर कारोबार भएको हो । आज सेयर बजारमा २.६२ प्रतिशतले घटेर २७७६.३६ विन्दुमा पुगेको हो । आज सेयर बजारमा २५५ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ११.२१ अंकले घटेर ४७३.६३ विन्दुमा पुगेको छ । 

    images
    images

    आज सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट देखिएको छ । परिसूचक घटेको दिन १२ अर्ब माथिको कारोबार भएको छ । आज ३४७ कम्पनीका ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता सेयर १ लाख २३ हजार ७३० पटक खरिद बिक्री हुँदा १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ रुपैयाँको कारोबार भएको छ । आज बजार उच्च अंकले घट्दा पनि ६ कम्पनीमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend