images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ बैंकले कासगर समुदायका महिलालाई दियो...

सिद्धार्थ बैंकले कासगर समुदायका महिलालाई दियो सिलाइ-कटाइ मेसिन

सिद्धार्थ बैंकले कासगर समुदायका महिलालाई दियो सिलाइ-कटाइ मेसिन

images
images
बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कैलाली र बाँके जिल्लाका गरिब, विपन्न तथा सीमान्तकृत कासगर समुदायका महिलाहरूको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले १५ जनालाई सिलाइ कटाइ मेसिन प्रदान गरेको छ ।चैत ८ गते कैलालीमा र १० गते बाँकेमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना मेसिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ । कैलालीमा ५ जना र बाँकेमा १० जना महिलालाई सिलाइ कटाइ मेसिन प्रदान गरिएको हो ।‘कासगर समुदायका महिलाहरूको जीवनस्तर उकास्ने तथा सिकेको सिपलाई व्यवहारमा उतार्न सहयोग पुर्‍याउने लक्ष्यसहित मेसिन उपलब्ध गराइएको हो’ बैंकले एक विज्ञप्तिमा भनेको छ ‘यस सहयोगले महिलाहरूको आर्थिक पक्षमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुका साथै साना, घरेलु उद्योग स्थापना गर्न प्रोत्साहन दिएको छ ।’

    images
    images

    सिपलाई व्यावसायिक रूपमा उपयोग गर्दै महिलाले लुगा सिलाउने, मर्मत गर्ने तथा अर्डर अनुसार काम गरी नियमित आम्दानी गर्न वातावरण बन्ने बैंकको भनाइ छ । यसबाट परिवारको आर्थिक अवस्था सुधार हुनुका साथै बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पर्दछ ।बैंकले दिगो विकास लक्ष्यलाई उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्‍याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend