images

२०८३ आश्विन १९ गते

images
images
images

बैंकका कर्मचारीको तलबभत्ता ३९ अर्ब ८९ करोड रुपैयाँ

बैंकका कर्मचारीको तलबभत्ता ३९ अर्ब ८९ करोड रुपैयाँ

images
images
मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • काठमाडौँ- चालू आर्थिक वर्ष २०८२/८३ का पहिलो सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारी तलब र भत्तामा ३९ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेका छन्।नेपाल राष्ट्र बैंकका अनुसार माघमध्यसम्म कर्मचारी खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३७ अर्ब ५३ करोड रुपैयाँ रहेकोमा यस वर्ष ६.२८ प्रतिशतले वृद्धि भएको छ।समीक्षाको अवधिमा कर्मचारी खर्चमा वाणिज्य बैंकहरूको हिस्सा सबैभन्दा ठूलो छ। तथ्यांकअनुसार देशका २० वाणिज्य बैंकले तलबभत्तामा ३४ अर्ब ९९ करोड रुपैयाँ खर्च गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको कर्मचारी खर्च ३३ अर्ब तीन करोड रुपैयाँ थियो।समीक्षा अवधिमा १५ बैंकले कर्मचारी खर्च वृद्धि भएको जनाएका छन् भने एनआईसी एसिया बैंक, प्रभु बैंक, एनएमबी बैंक, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले खर्च घटेको प्रतिवेदन पेस गरेका छन्।

    images
    images

    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी दुई अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको दुई अर्ब ३९ करोड रुपैयाँको तुलनामा २०.७२ प्रतिशतले वृद्धि हो। नबिल बैंकको कर्मचारी खर्च दुई अर्ब ४२ करोड रुपैयाँ (२३.९३ प्रति वृद्धि) रहेको छ भने ग्लोबल आईएमई बैंक दुई अर्ब ३८ करोड रुपैयाँ (५.२३ प्रतिशत वृद्धि) खर्च गर्दै तेस्रो स्थानमा छ।त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सबैभन्दा कम कर्मचारी खर्च ६ अर्ब सात करोड २२ लाख रुपैयाँ रुपैयाँ गरेको छ, जुन अघिल्लो वर्षको ६ अर्ब १७ करोड ८० लाख रुपैयाँको तुलनामा १.७२ प्रतिशतले घटेको हो।विकास बैंकहरूमा पनि कर्मचारी खर्च बढेको छ। १७ विकास बैंकहरूले माघ मध्यसम्म तलब र भत्तामा कुल तीन अर्ब ८९ करोड रुपैयाँ खर्च गरेका छन्, अघिल्लो वर्षको सोही अवधिको तीन अर्ब ५७ करोड रुपैयाँको तुलनामा। यसमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी ७८ करोड ७२ लाख २० हजार रुपैयाँ खर्च गरेको छ भने नारायणी विकास बैंकले सबैभन्दा कम एक करोड १७ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ।

    त्यस्तै, वित्त कम्पनीहरूले समीक्षाको अवधिमा कर्मचारी तलब र सुविधामा एक अर्ब रुपैयाँ खर्च गरेका छन्, जुन अघिल्लो वर्षको ९ अर्ब २० करोड रुपैयाँको तुलनामा बढी हो। यसमा मञ्जुश्री फाइनान्सले सबैभन्दा बढी १५ करोड २४ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ भने क्यापिटल मर्चेन्ट फाइनान्सले सबैभन्दा कम ४३ लाख २० हजार रुपैयाँ खर्च गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend