images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • ग्राहकको खाताबाट रकम हिनामिना गरेको आरोपमा...

ग्राहकको खाताबाट रकम हिनामिना गरेको आरोपमा एनआईएमबी बैंककी कर्मचारी पक्राउ

ग्राहकको खाताबाट रकम हिनामिना गरेको आरोपमा एनआईएमबी बैंककी कर्मचारी पक्राउ

images
images
मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) की एक कर्मचारी ग्राहकको खाताबाट रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी छन्।गाईघाट शाखामा कार्यरत सुनिता बानियाँलाई बैंककै उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    images
    images

    प्रारम्भिक अनुसन्धानका क्रममा बानियाँले ग्राहकहरूको खातामा रहेको रकम दुरुपयोग गरेको खुलेको प्रहरीले बताएको छ। बैंकले आन्तरिक छानबिन गर्दा अनियमितता देखिएपछि प्रहरीलाई जानकारी गराएको थियो।हाल बानियाँ प्रहरी हिरासतमा रहेकी छन् र उनीमाथि बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा पनि थप अनुसन्धान गरिरहेको जनाएको छ

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend