images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा आज दोहोरो अंकको सुधार,...

सेयर बजारमा आज दोहोरो अंकको सुधार, ११ अर्ब ११ करोडको सेयर कारोबार

सेयर बजारमा आज दोहोरो अंकको सुधार, ११ अर्ब ११ करोडको सेयर कारोबार

images
images
मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • काठमाडौं : लगातार दुई दिनसम्म घटेको सेयर बजार आज भने दोहोरो अंकले बढेको छ। आज १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा अडिएको छ।यसदिन ३३९ वटा स्क्रिप्सको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँमा खरिदबिक्री भए। यसदिन ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिज लाइन इनर्जी, होटल फोरेस्ट, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर १० प्रतिशतले बढ्यो। 

    images
    images

    कारोबार रकमका आधारमा रिडी  पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीले ४८ करोड मूल्य बराबरको सेयर कारोबार गर्‍यो। कारोबारमा आएकामध्ये १९५ वटा स्टक्सको मूल्य बढ्दा ६३ वटाको घट्यो। ९ स्टकको मूल्य भने स्थिर रह्यो। आज १३ मध्ये ११ समूहको उपसूचक सकारात्मक देखिए।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend