काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले बोलाएको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकमा आधा दर्जन निवर्तमान पदाधिकारीसहित ६० बढी केन्द्रीय सदस्य सहभागी भएका छन् ।महाराजगन्जको स्मार्ट होटलमा भर्खर सुरु बैठकमा नेताहरू आउने क्रम अझै जारी रहेको निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् ।बैठक १४ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित र गत असोज २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको छ ।
सँगै बैठकमा निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार महालक्ष्मी उपाध्याय ‘डिना’ उपस्थित छन् । १४ औँ महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी नेता डा.शेखर कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा. शशांक कोइराला पनि सहभागी छन् ।त्यस्तै केन्द्रीय सदस्यहरू बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना, एनपी साउद, श्यामकुमार घिमिरे, अम्बिका बस्नेत, ईश्वरीदेवी न्यौपाने, रमा कोइराला पौड्याल बैठकमा उपस्थित भएका छन् । विद्यादेवी तिमल्सिना, लक्ष्मी खतिवडा, सरस्वती बजिमय, मानबहादुर विश्वकर्मा, राजीवविक्रम शाह, मानबहादुर नेपाली, ध्यानगोविन्द रञ्जित, जीवनबहादुर शाही, मोहनबहादुर बस्नेत, जीतजंग बस्नेत, मीन विश्वकर्मा पनि सहभागी छन् ।. मिनेन्द्र रिजाल, पदमनारायण चौधरी, मदन अमात्य, सिता गुरुङ, भीम पराजुली, सरस्वती अर्याल तिवारी, महिन्द्र लिम्बु, दिपक गिरी, गेहेन्द्र गिरी पनि उपस्थित भइसकेका छन् । रामहरि खतिवडा, शिव हुमागाई, उमेशजंग रायमाझी, दिलेन्द्र बडू, सुजाता परियार, हरिशंकर परियार, गुरु बराल, शान्ति परियार बिक, सिता राना र वीरबहादुर बलायर उपस्थित भएका छन् ।
बलायर पार्टीका सुदूरपश्चिम प्रदेश सभापति हुन् । उनी केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुन्छन् । त्यस्तै कर्णाली प्रदेश सभापति ललितजंग शाही पनि उपस्थित छन् ।त्यस्तै केन्द्रीय सदस्यहरू कुन्दन काफ्ले, पुष्प पराजुली, अर्जुनजंगबहादुर सिंह, राधा घले, डा. रणबहादुर रावल, गणेश लामा, कल्याणी रिजाल, किरण पौडेल, प्रदीप सुनुवार, गोविन्द भट्टराई, आशा बिक, शारदा पौडेल, जीवन राना र सुशीला मिश्र पनि बैठकमा उपस्थित भइसकेका छन् । बैठक सुरु भएको छ ।




.gif)





