images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • सोमबार पनि सेयर बजारमा उच्च...

सोमबार पनि सेयर बजारमा उच्च गिरावट,१२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार

सोमबार पनि सेयर बजारमा उच्च गिरावट,१२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार

images
images
सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • काठमाडौं । आइतबार ७१.०५ अंकको पहिरो गएको सेयर बजारमा सोमबार पनि उच्च गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.७१ अंकले घटेर २८३१.३९ बिन्दुमा कायम भएको छ ।अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से ७१.०५ अंकले घटेर २८७९.११ बिन्दुमा कायम भएको थियो । सोमबार सूचकसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा कुल १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    images
    images

    अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल १४ अर्ब ७८ करोड माथिको कारोबार भएको थियो ।सोमबार कारोबारमा आएकामध्ये २६ कम्पनीको सेयर मूल्य बढ्दा २३७ कम्पनीको घटेको छ । यस्तै, पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।आज रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेस्ट इन लिमिटेडेको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य ९.९८ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य९.९८ प्रतिशतले बढेको छ । सामेबार १३ वटै उपसमूहको सेयर मूल्य घटेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend