images

२०८३ आश्विन १९ गते

images
images
images

बचतपत्रधनीलाई साँवा तथा ब्याज रकम लिन राष्ट्र बैंकको आग्रह

बचतपत्रधनीलाई साँवा तथा ब्याज रकम लिन राष्ट्र बैंकको आग्रह

images
images
सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बचतपत्रधनीलाई साँवा तथा ब्याजको रकम लिन बोलाएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्रका धनीहरूलाई रकम लिन आग्रह गरिएको हो ।

    images
    images

    नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ– नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीहरूले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकोले यथाशीघ्र भुक्तानी लिन यस विभागमा सम्पर्क गर्नुहुन सम्बन्धित सबै बचतपत्रधनीलाई अनुरोध छ ।उक्त बचतपत्र सरकारको तर्फबाट राष्ट्र बैंकले जारी गरेको थियो । जुन २०८२ को जेठ मसान्तमै परिपक्व भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend