images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • पहिलो दिनै नेप्से २.४० प्रतिशतले घट्यो,...

पहिलो दिनै नेप्से २.४० प्रतिशतले घट्यो, १५ अर्बको कारोबार

पहिलो दिनै नेप्से २.४० प्रतिशतले घट्यो, १५ अर्बको कारोबार

images
images
आइतवार, चैत्र १५ २०८२
आइतवार, चैत्र १५ २०८२
  • प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेपछि पहिलो कारोबार दिनमै शेयारबजारमा ठूलो पहिरो गएको छ । शुक्रबार बालेन नेतृत्वको रास्वापा सरकारले पद तथा गोपनियताको शपथ खाएको थियो । यसलगत्तै आइतबार खुलेको शेयरबजारमा २.४० प्रतिशतको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ७१.०५ अंकले घट्दै २ हजार ८७९.११ अंकमा झरेको हो । 

    images
    images

    तथापि, यसदिन १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँ बराबरको ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको नेप्सेले जनाएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । २५५ कम्पनीको शेयर मूल्य घट्दा आज जम्मा १० वटा कम्पनीको मात्र मूल्य बढेको छ । आज रिलायन्स मिल्स, सुपर खुदी हाइड्रोपावर र रिडी लाइन इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.१७ प्रतिशतले घट्न पुगेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend