images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • सूर्यज्योति लाइफको २ लाख बढी कित्ता...

सूर्यज्योति लाइफको २ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

सूर्यज्योति लाइफको २ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
शुक्रवार, चैत्र १३ २०८२
शुक्रवार, चैत्र १३ २०८२
  • सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनी उषा अग्रवालको नाममा रहेको २ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।उक्त सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् । इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको थापाथलीस्थित कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडमा आफूले किन्न चाहेको सेयर संख्या र मूल्य समेत उल्लेख गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

    images
    images

     म्यादभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा वा सम्पूर्ण सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend