images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • १४ अंक बढ्यो सेयर बजार,कारोबार रकम...

१४ अंक बढ्यो सेयर बजार,कारोबार रकम १३ अर्ब १६ करोड

१४ अंक बढ्यो सेयर बजार,कारोबार रकम १३ अर्ब १६ करोड

images
images
बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक नेप्से २९५० अंकमा कायम भएको छ ।बजार बढ्दा पनि कारोबार रकम घटेको छ, अघिल्लो दिन १५ अर्ब ९ करोडको कारोबार भएकोमा आज १३ अर्ब १६ करोडको भयो । १७८ कम्पनीको मूल्य बढ्दा ८० को घट्यो भने ८ को स्थिर रह्यो ।जलविद्युत् समूह सबैभन्दा धेरै १.५६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३७, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.८१, उत्पादन तथा प्रशोधन १.५०, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४३ तथा अन्य समूह ०.६५ प्रतिशत बढे ।

    images
    images

    व्यापार २.८४ प्रतिशत घट्यो । जीवन बीमा ०.०४ र विकास बैंक ०.०५ प्रतिशत घटे ।५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै नेसनल हाइड्रोपावरको ६.२४, रिडी पावरको ६.१९ तथा शुभम पावरको ५.८० प्रतिशत मूल्य बढ्यो ।पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशत घट्यो । सिन्धु विकास बैंकको ३.५८ तथा कर्पोरेट डेभलपमेन्टको ३.२४ तथा विशाल बजारको ३.४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल, नेसनल हाइड्रोपावर, रिडी पावर र ङादी ग्रुप छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend