images

२०८३ आश्विन १९ गते

images
images
images

आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा

आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा

images
images
बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनश सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।उक्त लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले २०८३ बैशाख ७ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा घोराही उपमहानगरपालिका १५, दाङमा बिहान ११ बजे शुरु हुनेछ। लाभांश प्रस्तावका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend