images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ...

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

images
images
बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो।महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, प्रति १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८५५ रुपैयाँ तोकिएको छ।अघिल्लो दिन सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ र प्रति १० ग्राम २ लाख ४७ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

    images
    images

    सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १३३ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम ४ हजार २१८ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि पर्दै आएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend