images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • स्मार्टफोन अपडेट गर्दा यी ५ गल्ती...

स्मार्टफोन अपडेट गर्दा यी ५ गल्ती नगर्नुहोस्, नत्र डिभाइस बिग्रन सक्छ

स्मार्टफोन अपडेट गर्दा यी ५ गल्ती नगर्नुहोस्, नत्र डिभाइस बिग्रन सक्छ

images
images
बुधवार, चैत्र ११ २०८२
बुधवार, चैत्र ११ २०८२
  • आजकल स्मार्टफोन कम्पनीहरू हरेक महिना कुनै न कुनै सफ्टवेयर अपडेट जारी गरिरहेका हुन्छन्। यस्तो अवस्थामा फोन अपडेट गर्नु जति आवश्यक छ, त्यति नै सावधानीपूर्वक गर्नु पनि जरुरी हुन्छ।हो, नयाँ सफ्टवेयर अपडेट ले तपाईंको डिभाइस को पर्फर्मेन्स, सिक्युरिटी र फिचर्स सुधार गर्न सक्छ। तर, यो क्रममा सानो–सानो गल्ती भयो भने डिभाइस स्लो, ह्याङ हुने वा डाटा लस सहित डेड समेत हुन सक्छ। त्यसैले अपडेट गर्नु अघि यी कुरामा ध्यान दिनुहोस्...

    images
    images

    कम ब्याट्रीमा अपडेट गर्नु
    कतिपय मानिस हतारमा ब्याट्री कम हुँदा नै अपडेट सुरु गरिदिन्छन्। यस्तो अवस्थामा अपडेटको बीचमै फोन बन्द भयो भने सिस्टम क्र्यास हुन सक्छ। सधैं कम्तीमा फोनलाई ५० देखि ६० प्रतिशत ब्याट्री भएको अवस्थामा वा चार्जर मा जोडेर मात्र अपडेट सुरु गर्नुहोस्।

    खराब इन्टरनेट कनेक्सन
    अक्सर मासिक सिक्युरिटी प्याच को साइज सानो हुन्छ, तर कहिलेकाहीँ सफ्टवेयर अपडेट को साइज ठूलो हुन्छ। यस्तो अवस्थामा स्लो वा अनस्टेबल इन्टरनेट कनेक्सन ले अपडेटको क्रममा समस्या ल्याउन सक्छ। फाइल सहीसँग डाउनलोड नभए इन्स्टलेसन मा पनि समस्या आउन सक्छ।

    images
    images

    डाटा ब्याकअप नलिनु
    धेरैले फोन अपडेट गर्नु अघि ब्याकअप लिनु आवश्यक ठान्दैनन्। तर कहिलेकाहीँ अपडेटको क्रममा डाटा डिलिट हुन सक्छ वा फोन रिसेट पनि हुन सक्छ। यसले तपाईंका फोटो, भिडियो र आवश्यक फाइलहरू मेटिन सक्छन्।

    स्टोरेज खाली नराख्नु
    यदि तपाईंको डिभाइस मा स्टोरेज खाली छैन भने फोन अपडेट गर्दा समस्या आउन सक्छ र अपडेट राम्ररी इन्स्टल हुन सक्दैन। यसका कारण फोन स्लो पनि हुन सक्छ। त्यसैले अपडेट गर्नु अघि अनावश्यक फाइल र एप्स डिलिट गरेर ठाउँ खाली गर्नुहोस्।

    अपडेटको क्रममा फोन प्रयोग गर्नु
    धेरै मानिस अपडेट भइरहेका बेला फोन चलाउन थाल्छन् वा एप्स खोलिरहन्छन्। यसले पनि इन्स्टलेसन प्रोसेस मा बाधा पुर्‍याउन सक्छ र अपडेट फेल पनि हुन सक्छ। त्यसैले राम्रो हुन्छ, अपडेट कम्प्लीट नभएसम्म फोनलाई नचलाउनुहोस्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend