images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनको मूल्य भारी वृद्धि,तोलामा १४ हजार...

सुनको मूल्य भारी वृद्धि,तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो

सुनको मूल्य भारी वृद्धि,तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो

images
images
बुधवार, चैत्र ११ २०८२
बुधवार, चैत्र ११ २०८२
  • काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य भारी वृद्धि भएको छ । पछिल्लो केहीदिन सुनको मूल्य निरन्तर घट्दै आएपनि बुधबार भने बढेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्यमा एकैदिन १४ हजार ६०० रुपैयाँ वृद्धि भई तोलामा २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको हो । यसअघि मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    त्यस्तै, मंगलबार प्रति १० ग्राम २ लाख ३४ हजार ८२५ रुपैयाँ रहेको सुनको मूल्य आज बढेर २ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको छ ।सुनसँगै चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ । मंगलबार प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ । यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २१८ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend