images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा उच्च अंकको वृद्धि, करिब...

सेयर बजारमा उच्च अंकको वृद्धि, करिब १५ अर्बको कारोबार

सेयर बजारमा उच्च अंकको वृद्धि, करिब १५ अर्बको कारोबार

images
images
मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • साताको सेयर कारोबार हुने तेस्रो दित मंगलबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज २३.८३ अंकले बढेको हो । आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक २९६०.४० विन्दुमा पुगेको छ । आज  सेयर बजारमा १३६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ११७ कम्पनीको सेयर मूल्य भने घटेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले बढेर ५०७ विन्दुमा पुगेको छ । आज १३ वटा उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ । 

    images
    images

    परिसूचक बढेको दिन सेयर बजारमा करिब १५ अर्ब रुपैयाँको कारोबार भएको छ । आज ३४१ कम्पनीका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर १२६ हजार ९४७ पटक खरिद बिक्रीहुँदा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend