images

२०८३ आश्विन १९ गते

images
images
images

खुल्यो कालंगा हाइड्रोको आईपीओ

खुल्यो कालंगा हाइड्रोको आईपीओ

images
images
मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री शुरू गरेको हो ।कुल एकअर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता सेयरमध्ये १४ लाख कित्ता स्थानीयका लागि छुट्याइएको छ। यसमध्ये अति प्रभावित क्षेत्रका बासिन्दालाई नौ लाख १० हजार कित्ता र अन्य प्रभावित क्षेत्रका लागि चार लाख ९० हजार कित्ता छुट्याइएको छ ।

    images
    images

    यसैगरी सर्वसाधारणतर्फको सेयरमध्ये १० प्रतिशत अर्थात तीन लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको छ। यसमा न्यूनतम् १० कित्ता र अधिकतम् २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।आवेदन स्थानीयका लागि चैत २४ सम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत २४ सम्म खुला रहनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend