images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • खाना पकाउने ग्यासको अभावपछि विद्युतीय चुलोमा...

खाना पकाउने ग्यासको अभावपछि विद्युतीय चुलोमा उपभोक्ताको आकर्षण

खाना पकाउने ग्यासको अभावपछि विद्युतीय चुलोमा उपभोक्ताको आकर्षण

images
images
मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • काठमाडौँ । पछिल्लो समय पश्चिम एसियाली राष्ट्रमा युद्धका कारण विकसित तनावले पेट्रोलियम पदार्थ  तथा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि उपभोक्ताहरू क्रमशः विद्युतीय चुलोतर्फ आकर्षित हुन थालेका छन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो आठ महिना (साउनदेखि फागुन मसान्तसम्म)मा नेपालमा विभिन्न प्रकारका १ लाख ४७ हजार ८ सय ६४ वटा विद्युतीय चुलो आयात भएको छ । 

    images
    images

    यीमध्ये सबैभन्दा बढी माग इन्डक्सन चुलोमा देखिएको छ। उक्त अवधिमा १ लाख ४ हजार ७ सय १७ वटा इन्डक्सन चुलो नेपाल भित्रिएको तथ्याङ्कले देखाउँछ। त्यस्तै, इन्फ्रारेड चुलोको आयात पनि उल्लेख्य रहेको छ, जसअन्तर्गत ४२ हजार २ सय १८ वटा चुलो आयात गरिएको छ। इन्डक्सन र इन्फ्रारेडबाहेक अन्य प्रकारका विद्युतीय चुलो भने जम्मा ९ सय २९ वटा मात्र आयात भएका छन्।आर्थिक दृष्टिले हेर्दा, यी चुलो आयातका लागि ठुलो रकम बिदेसिएको छ। आठ महिनाको अवधिमा आयात भएका चुलोको कुल मूल्य ३० करोड ४१ लाख १२ हजार रुपैयाँ पुगेको छ। यसमध्ये इन्डक्सन चुलोको मात्र मूल्य २२ करोड २७ लाख ४ हजार रुपैयाँ रहेको छ भने इन्फ्रारेड चुलोको मूल्य ७ करोड ६७ लाख ७ हजार रुपैयाँ छ।

    काठमाडौँको महाबौद्धमा विद्युतीय उपकरणहरूको होलसेल बिक्री गर्दै आएका किरण श्रेष्ठका अनुसार अन्य समयमा पनि यस्तो विद्युतीय चुलोको बिक्री भई रहने भए पनि अहिलेको अवस्थामा यसको बिक्री ५० देखि ७० प्रतिशत बढेको जानकारी दिए ।हामीले पहिले पनि बिक्री गर्दै आएका हौँ तर अहिले बजारमा ग्यासको अभाव हुने कुराले गर्दा होला अहिले इन्डक्सन र इन्फ्रारेड चुलोको माग बढेको उनले बताए ।यी विद्युतीय चुलोको आयातबाट सरकारले ४ करोड ३३ लाख ७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको पनि विभागले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend