images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • दाङमा बेमौसमी वर्षाका कारण ३० इँटा...

दाङमा बेमौसमी वर्षाका कारण ३० इँटा उद्योगमा ठूलो क्षति

दाङमा बेमौसमी वर्षाका कारण ३० इँटा उद्योगमा ठूलो क्षति

images
images
मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • दाङ, चैत १० । गत शनिबार परेको बेमौसमी वर्षाले दाङ जिल्ला का ३० वटा इँटा उद्योगमा ठूलो क्षति पुगेको छ। सुकाउनका लागि राखिएका काँचो इँटा वर्षाले भिजाएर पुनः माटोमा परिणत भएपछि उद्योगीहरू गम्भीर मारमा परेका हुन्।

    images
    images

    इँटा व्यवसायी समितिका जिल्ला अध्यक्ष रोम वली का अनुसार अचानक परेको वर्षाले सुकाइराखिएका कच्चा इँटा नष्ट गरेको हो। जिल्लाका तुलसीपुर, घोराही र देउखुरी क्षेत्रमा रहेका अधिकांश उद्योग प्रभावित भएका छन्।

    समितिका कोषाध्यक्ष केवल खत्री ले प्रारम्भिक तथ्यांक अनुसार तुलसीपुर र घोराही क्षेत्रका २२ वटा उद्योगबाट मात्र करिब एक करोड रुपैयाँ बराबरका काँचो इँटा नष्ट भएको जानकारी दिनुभयो। देउखुरी क्षेत्रमा रहेका थप आठ उद्योगमा पनि क्षति पुगेको छ।

    images
    images

    उद्योगीहरूका अनुसार प्रत्येक उद्योगमा पाँचदेखि छ लाख रुपैयाँसम्मको कच्चा इँटा नष्ट भएको छ। सुरक्षित सुकाउने प्रविधि र पूर्वतयारीको अभावका कारण यस्तो क्षति दोहोरिने जोखिम रहेको उनीहरूको भनाइ छ।

    हालसम्मको प्रारम्भिक विवरण अनुसार जिल्लाभर साढे सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। ती उद्योगहरूमा करिब तीन हजार मजदुर कार्यरत रहेको बताइएको छ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend