images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • खर्बुजाको सिजन सुरु, प्रति किलो कति...

खर्बुजाको सिजन सुरु, प्रति किलो कति ?

खर्बुजाको सिजन सुरु, प्रति किलो कति ?

images
images
सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • काठमाडौं । खर्बुजाको सिजन सुरु भएसँगै बजारमा यसको आगमन बढ्न थालेको छ । अहिले कुलेश्वर फलफूल बजार र कालीमाटी तरकारी तथा फलफूल बजारमा भारतका विभिन्न राज्यबाट खर्बुजा भित्रिन थालेको छ ।

    images
    images

    व्यापारीका अनुसार हाल बजारमा भारतको महाराष्ट्र, आन्ध्रप्रदेश र मध्य प्रदेशबाट ल्याइएको खर्बुजा बिक्रीका लागि आएको हो । कुलेश्वर फलफूल बजारमा अहिले खर्बुजा प्रति किलो ४० देखि ४५ रुपैयाँमा बिक्री भइरहेको छ ।खर्बुजाको सिजन भर्खरै सुरु भएकाले नेपाली उत्पादन भने अझै बजारमा आएको छैन । स्थानीय उत्पादन बजारमा आउन करिब एक महिना लाग्ने व्यापारीहरूको भनाइ छ । नेपाली खर्बुजा बजारमा आएपछि मूल्य केही घट्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend