images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • खाना पकाउने ग्यासको आयात बढे पनि...

खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उस्तै अभाव

खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उस्तै अभाव

images
images
सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • काठमाडौं- बढ्दो माग र अन्तर्राष्ट्रिय आपूर्ति दबाबका बीच नेपाल आयल निगमले फागुन महिनामा खाना पकाउने एलपीजी ग्यासको आयात उल्लेखनीय रूपमा बढाएको छ। तर ठूलो परिमाणमा ग्यास भित्रिँदा पनि बजारमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्।भन्सार विभाग ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन महिनामा मात्रै ५१ हजार १९२ टन एलपीजी आयात गरिएको छ। यो परिमाण पछिल्ला तीन महिनामै सबैभन्दा बढी हो। यसअघि पुष महिनामा ४७ हजार ४६० टन र माघमा ४६ हजार २८५ टन ग्यास आयात गरिएको थियो।

    images
    images

    मागको चाप बढ्दै गएपछि निगमले आपूर्ति बढाएर बजारलाई सहज बनाउने प्रयास गरे पनि त्यसको प्रभाव उपभोक्ताले प्रत्यक्ष रूपमा महसुस गर्न सकेका छैनन्। बजारमा अझै पनि ग्यास अभावको गुनासो व्यापक रूपमा सुनिँदै आएको छ।गत वर्षको सोही अवधिसँग तुलना गर्दा यस वर्षको आयात दर निकै उच्च देखिएको छ। गत वर्ष फागुन महिनामा जम्मा ३ हजार ४३८ टन ग्यास आयात भएको थियो। यसपटक भने सो परिमाण झण्डै १५ गुणाले बढेको देखिन्छ।उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि निगमले फागुन २८ गतेदेखि ‘आधा सिलिण्डर ग्यास’ बिक्री वितरण गर्ने व्यवस्था लागू गरेको छ, जसले सीमित आपूर्तिलाई धेरै उपभोक्तामाझ बाँड्ने लक्ष्य राखेको छ।

    अन्तर्राष्ट्रिय परिस्थितिले पनि नेपालको ग्यास आपूर्तिमा दबाब सिर्जना गरेको देखिन्छ। विशेषगरी पश्चिम एसियामा बढ्दो तनावका कारण कच्चा तेल तथा एलपीजीको आपूर्ति शृंखलामा अवरोध आउँदा एसियाली बजारमै मूल्य र उपलब्धतामा असर परेको छ। यसको प्रभाव नेपालजस्ता आयातमा निर्भर मुलुकमा पनि देखिन थालेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend