images

२०८३ आश्विन २३ गते

images
images
images

दसैँको मुखमा पनि बजार सुनसान, व्यापारी भन्छन्- छैन सोचेजस्तो व्यापार

दसैँको मुखमा पनि बजार सुनसान, व्यापारी भन्छन्- छैन सोचेजस्तो व्यापार

images
images
सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  • काठमाडौँ । 'रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्' न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन् । तर ग्राहकको संख्या भने पातलो छ । 

    images
    images

    दसैँ र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर यसपटक भने राम्रो व्यापार नभएको उनको अनुभव छ । उनी भन्छन्, 'दुई/चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो । तर यसपाली व्यापार कम छ ।'

    पर्वको मुखैमा प्राकृतिक विपद्‌को असर बजारमा देखिएको उनको भनाइ छ । यद्यपि फुलपाती सुरु भएपछि व्यापार बढ्छ की भन्ने उनको झिनो आशा छ । दसैँमा किनमेलका लागि न्युरोडमा भेटिएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नो भन्दा छोराछोरीको खुसी महत्वपूर्ण लाग्छ ।

    images
    images

    चिसो मौसम सुरु भएकाले दसैँमा छुटको मौका छोपेर बालबच्चाका लागि लुगाफाटा किन्ने गर्छिन् । 'आफ्नो भन्दा छोराछोरीलाई दसैँमा खुसी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ', उनले भनिन् ।

    ठमेलमा किनमेल गर्न पुगेका गोपाल बुढाथोकीले यसपालि मुल घर सर्लाही नजाने योजना बनाएका छन् । बाढीपहिरोका कारण बाटो राम्रो नभएकाले आफू घर नजाने उनले बताए ।

    'काठमाडौँमा जे जति परिवारका सदस्य छन्, सबै मिलेर यतै दसैँ मनाउने सोचमा छौँ', उनले भने, 'किनमेल पनि भर्खरै सुरू हुँदैछ ।' उनले जाडोको लुगा भने दशैंको पर्व छोपेर खरिद गर्ने गरेको बताए । पर्वमा भारी छुट पाउने हुँदा उनलाई आवश्यक सामग्री किन मनपर्ने सुनाए ।

    काभ्रेपलाञ्चोककी रोशनी तामाङले यो दसैँमा किनमेलमा खासै जोड नदिएको बताए । ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरिद गर्न आएकी उनले सामान्य खर्चमा दसैँ टार्ने योजना रहेको सुनाए। गाँउ बाढीका कारण तहसनहस भएपछि उनलाई यसपालीको दसैँ मनाउने जाँगर चलेको छैन । दसैँ पनि काठमाडौँमै मनाउने योजना रहेको बताए। 'आफन्ती सबै दुःखमा छन्, दसैँ मनाउनु कसरी ?', उनले भने ।

    भृकुटीमण्डका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताए। कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै, असर बजारमा फेरि देखा परेको उनको अनुभव छ । 'मान्छेहरुको चहलपहल त छ, तर व्यापार सोचे जस्तो छैन', उनले भने ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend