images

२०८३ आश्विन १९ गते

images
images
images

सोपान फर्मास्यूटिकल्सको आइपिओ निष्कासन

सोपान फर्मास्यूटिकल्सको आइपिओ निष्कासन

images
images
सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • काठमाडौँ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज (चैत ९ गते)देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आइपिओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले कुल ४२ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा त्यसको १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता सेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपालीहरूका लागि छुट्याएको हो। इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्मका लागि चैत १२ गतेभित्र आवेदन दिन सक्नेछन् । यदि यस अवधिमा पूर्ण आवेदन नपरेमा चैत २३ गतेसम्म समय थपिनेछ ।

    images
    images

    बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको यस आईपीओमा ‘मेरो सेयर’ अनलाइन वा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले लगानीमा उच्च जोखिम रहेको संकेत गर्दछ।कम्पनीले कुल शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोष र ४ प्रतिशत कर्मचारीहरूका लागि सुरक्षित गरेको छ भने बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयरपछि सर्वसाधारणका लागि निष्काशन गरिने जानकारी दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend