काठमाडौँ, ९ चैत । नियमित बजार अनुगमनलाई तीव्र बनाउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको छ ।
स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि काठमाडौँ महानगरपालिका–२२, सुन्धारास्थित ‘मुम्बई जाइका’ लाई रु १० हजार जरिवाना गरिएको विभागले जनाएको छ । उक्त कारबाही उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम गरिएको हो ।
विभागका अनुसार आइतबार गरिएको अनुगमनमा १३ वटा फर्मको निरीक्षण गरिएको थियो । तीमध्ये १२ वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ भने एक फर्मलाई जरिवाना गरिएको हो ।
विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकारवालाको सहभागितामा बजार अनुगमनलाई निरन्तरता दिँदै आएको जनाएको छ । यस प्रकारको अनुगमनले बजारमा अनुशासन कायम गर्न तथा उपभोक्ताको हित संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




.gif)





