images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • चैत २९ गते अपर तामाकोशीको एकैदिन...

चैत २९ गते अपर तामाकोशीको एकैदिन दुई साधारणसभा

चैत २९ गते अपर तामाकोशीको एकैदिन दुई साधारणसभा

images
images
आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२
  • काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चैत २९ गते १६औँ र १७औँ संयुक्त वार्षिक साधारण सभा गर्ने भएको छ। सभा त्रिभुवन आर्मी अफिसर्स क्लब मा बिहान ११ः३० बजे बस्नेछ।कम्पनीले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का साधारण सभा एकैपटक गर्न लागेको हो। सभामा दुवै वर्षका वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरणसहितका वित्तीय प्रतिवेदनहरू पारित गर्ने प्रस्ताव पेश गरिनेछ।

    images
    images

    यसका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र दुई जना स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने कार्यसूची पनि रहेको छ।साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २० गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार चैत १९ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन पाउनेछन्।४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना सञ्चालनमा ल्याएको कम्पनीले हालसम्म सेयरधनीलाई लाभांश वितरण गर्न सकेको छैन। तर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ९९ करोड ६५ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ।

    उक्त अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६ अर्ब ७ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ ५० रुपैयाँ ४ पैसा रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend