images

२०८३ आश्विन २२ गते

images
images
images
  • कृषि
  • मरे एउटै फर्मका ५ हजारभन्दा बढी...

मरे एउटै फर्मका ५ हजारभन्दा बढी कुखुरा

मरे एउटै फर्मका ५ हजारभन्दा बढी कुखुरा

images
images
आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • घोडाघोडी (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार वटाभन्दा बढी कुखुरा मरेका छन्।

    images
    images

    किसान पहल देउवाले पालेका पाँच हजार वटाभन्दा बढी लेयर्स कुखुरा मरेका हुन्। यसअघि आफ्नो फर्ममा गम्बोरो रोग कहिल्यै नदेखिएको देउवाले बए।

    'यो रोगका कारण यति धेरै कुखुरा मरेको पहिलोपटक हो। कुखुरा बिरामी भएको थाहा पाउने बित्तिकै ल्याब परीक्षण गर्दा गम्बोरो रोग लागेको पहिचान भएको थियो। भ्याक्सिन, औषधि दिँदादिँदै पनि खोर नै रित्तिने गरी कुखुरा मरेपछि ३० लाख रूपैयाँ बढीको क्षति छ,' उनले भने।

    images
    images

    घोडाघोडी नगरपालिका पशु शाखा प्राविधिक मनोज आचार्यले पनि गम्बोरो रोगका कारण पहिलोपटक पालिकामा क्षेत्रमा यति धेरै क्षति भएको बताए।

    'पाँच हजार सात सयवटा कुखुरा ल्याएकामा अब छ-सात सय बचेका छन्, ती पनि मरिरहेका छन्। यति धेरै क्षति भएकामा हामी पनि चिन्तित छौं,' उनले भने।

    चाडपर्व नजिकिएका यो क्षतिले बज्रपात आइलागेको देउवाले बताए।

    'सरकारले पशु बीमा कार्यक्रमअन्तर्गत कुखुराको पनि बीमा गर्ने सुविधा गरिदिएको भए हामीजस्ता किसानलाई केही राहत मिल्थ्यो। भैंसी, बाख्रा लगायतको बीमा भए पनि कुखुरा, माछाको हुँदैन। अब क्षतिपूर्ति गर्ने कुनै उपाय पनि छैन,' निरास हुँदै उनले भने। रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend