images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • फेसबुकमा अब एक लाख फलोअर्स हुनेले...

फेसबुकमा अब एक लाख फलोअर्स हुनेले एक हजार डलरसम्म आम्दानी गर्न सक्ने

फेसबुकमा अब एक लाख फलोअर्स हुनेले एक हजार डलरसम्म आम्दानी गर्न सक्ने

images
images
बिहिवार, चैत्र ५ २०८२
बिहिवार, चैत्र ५ २०८२
  • काठमाडौँ । फेसबुकले क्रियटर फास्ट ट्र्याक नामक नयाँ कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । यस कार्यक्रमको मुख्य उद्देश्य युट्युब र टिकटकजस्ता लोकप्रिय प्लेटफर्ममा स्थापित क्रिएटरहरूलाई आफ्नोतर्फ आकर्षित गर्नु रहेको बताइएको छ । कम्पनीका अनुसार उक्त कार्यक्रममार्फत क्रिएटरहरूलाई निश्चित भुक्तानी प्रदान गरिनेछ भने उनीहरूको कन्टेन्टको रिच बढाएर फेसबुकमै ग्रो गर्न सहयोग गरिनेछ । फेसबुकले जानकारी दिएअनुसार गत वर्ष मात्र आफ्नो मोनिटाइजेसन कार्यक्रम अन्तर्गत क्रिएटरहरूलाई करिब ३ बिलियन डलर भुक्तानी गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी हो । 

    images
    images

    तीन महिनाको ग्यारेन्टेड पेमेन्ट

    क्रियटर फास्ट ट्र्याक कार्यक्रमअन्तर्गत सहभागी हुने क्रिएटरहरूले फेसबुकमा शून्यबाट सुरु गर्नुपर्ने अवस्था रहने छैन । कम्पनीले उनीहरूको एलिजिबल रिल्सलाई बढी दर्शकसम्म पुर्‍याउने व्यवस्था गर्ने जनाएको छ, जसले फोलोअर्स वृद्धि गर्न सहयोग गर्नेछ । साथै फेसबुकमा यस्ता रिल्स सेयर गर्ने क्रिएटरलाई तीन महिनासम्म भुक्तानी दिइनेछ । 

    images
    images

    एक लाख फलोअर्स, एक हजार डलरसम्म आम्दानी 

    कार्यक्रममा सहभागी हुनका लागि क्रिएटरसँग इन्टाग्राम टिकटक वा युट्युबमध्ये कुनै प्लेटफर्ममा कम्तीमा एक लाख फोलोअर्स हुनुपर्नेछ । यस्तो अवस्थामा उनीहरूले मासिक करिब एक हजार डलर कमाउन सक्नेछन् । त्यस्तै यदि कुनै क्रिएटरसँग १० लाखभन्दा बढी फलोअर्स छन् भने उनीहरूले मासिक ३ हजार डलरसम्म आम्दानी गर्न सक्ने बताइएको छ । 

    तुरुन्त मोनिटाइजेसन

    यसमा सहभागी हुने नयाँ क्रिएटरहरूले फेसबुकका पुराना सर्तहरू मान्नुपर्ने भने छैन । सामान्यतया आवश्यक पर्ने न्यूनतम फोलोअर्सजस्ता मापदण्डहरू बिना नै उनीहरूले मोनिटाइजेसन टुल्सको पहुँच पाउनेछन्, यसले गर्दा उनीहरूको आम्दानी तत्काल सुरु हुनेछ । फेसबुकले स्पष्ट पारेअनुसार तीन महिनाको निश्चित भुक्तानी अवधि समाप्त भएपछि उक्त सुविधा बन्द हुनेछ । तर त्यसपछि पनि क्रिएटरहरूको कन्टेन्टको रिच बढाउने काम जारी रहनेछ, जबसम्म उनीहरूले आफ्नो अडियन्स तयार पार्न सक्दैनन् । 

    नयाँ कन्टेन्ट छैन अनिवार्य

    कम्पनीका अनुसार यसमा सहभागी हुन अनिवार्य रूपमा नयाँ वा एक्सक्लुसिभ कन्टेन्ट बनाउनुपर्ने छैन । यद्यपि  फेसबुकले क्रिएटरहरूलाई नयाँ र गुणस्तरीय कन्टेन्ट ल्याउन प्रोत्साहन गर्ने जनाएको छ । पुरानो हिट कन्टेन्टलाई पनि फेसबुकमा सेयर गर्न सकिनेछ र त्यसलाई समेत प्राथमिकता दिइनेछ । समग्रमा, क्रियटर फास्ट ट्र्याक कार्यक्रममार्फत फेसबुकले अन्य प्लेटफर्ममा लोकप्रिय रहेका क्रिएटरहरूलाई आफ्नो प्लेटफर्ममा ल्याउने रणनीति अघि सारेको स्पष्ट देखिन्छ । मेटाले यो कार्यक्रम कहिले सुरु हुन्छ भन्ने आधिकारिक मिति स्पष्ट नपारे पनि रिपोर्टहरूका अनुसार छिट्टै ल्याउने तयारी भइरहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend