images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा उच्च अंकको वृद्धि, २१...

सेयर बजारमा उच्च अंकको वृद्धि, २१ अर्बको कारोबार

सेयर बजारमा उच्च अंकको वृद्धि, २१ अर्बको कारोबार

images
images
बिहिवार, चैत्र ५ २०८२
बिहिवार, चैत्र ५ २०८२
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (चैत ५) सेयर बजार उच्च अंकले बढेको छ ।  दिन नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १२ अर्बभन्दा बढीको कारोबार भएकामा आज २१ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

    images
    images

    ३४२ कम्पनीको कारोबार हुँदा २४० कम्पनीको मूल्य बढ्यो, २२ को घट्यो भने दुईवटाको स्थिर रह्यो । १३ वटै उपसूचकको परिसूचक बढेको छ । सबभन्दा बढी उत्पादन तथा प्रशोधन १८३.६० अंकले बढ्यो । यता, कारोबार रकमका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावरको ६७ करोड र सेयर संख्याका आधारमा अपर तामाकोसीको २५ लाखभन्दा बढी कित्ता कारोबार भएको छ । आज पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटेल फरेस्ट इनको मूल्य सर्वाधिक बढ्यो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend