images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • चैत १२ गतेदेखि देशभर एमएडब्लु वृद्धिको...

चैत १२ गतेदेखि देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज कार्निभल

चैत १२ गतेदेखि देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज कार्निभल

images
images
बिहिवार, चैत्र ५ २०८२
बिहिवार, चैत्र ५ २०८२
  • एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय इभी ब्रान्डहरू दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ। आगामी १२ चैतदेखि १४ चैतसम्म देशैभरि आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल इभीमा अपग्रेड हुने सबैभन्दा उत्तम समय हुने बताइएको छ। मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीहरूको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोनस, निःशुल्क बीमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टी जस्ता सुविधा प्राप्त गर्नेछन्। नेपालमा दिगो यातायाततर्फको रुपान्तरण तीव्र बन्दै गइरहेको अवस्थामा एमएडब्लु वृद्धि नवीन तथा ग्राहक केन्द्रित पहलमार्फत इभीको स्वामित्वलाई सहज बनाउन प्रतिबद्ध रहेको छ। 

    images
    images

    बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना तथा आकर्षक एक्सचेन्ज सुविधाका कारण यो कार्निभल इभीमा अपग्रेड गर्ने सबैभन्दा उपयुक्त अवसर बनेको कम्पनीको भनाइ छ। काठमाडौं उपत्यकामा यो कार्यक्रम ग्राहकको सहजताका लागि गैरीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्लायलेसमा आयोजना गरिनेछ। उपत्यकाबाहिर भने यो कार्यक्रम दिपल, नामी तथा सेरेसका सम्बन्धित सोरुमहरूमा आयोजना हुनेछ जसले देशभरका ग्राहकलाई यो अभुतपूर्व अवसरको फाइदा उठाउन सहज बनाउनेछ।

    यी आकर्षक अफरहरूका अतिरिक्त कार्यक्रमा रोबोटिक सो, किड्स जोन, विभिन्न खेल तथा खानाको स्टलहरू जस्तामनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिनेछ जसले सम्पूर्ण परिवारका लागि रमाइलो र अन्तर्क्रियात्मक अनुभव प्रदान गर्नेछ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend