images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • फोनपोइन्ट्स र श्री एयरलाइन्सबीच सहकार्य: क्यासब्याकसँगै...

फोनपोइन्ट्स र श्री एयरलाइन्सबीच सहकार्य: क्यासब्याकसँगै दैनिक टिकट जित्ने अवसर

फोनपोइन्ट्स र श्री एयरलाइन्सबीच सहकार्य: क्यासब्याकसँगै दैनिक टिकट जित्ने अवसर

images
images
बिहिवार, चैत्र ५ २०८२
बिहिवार, चैत्र ५ २०८२
  • काठमाडौं। फोनपोइन्ट्स र श्री एयरलाइन्सबीच सहकार्य सुरु भएको छ। यस सहकार्यअन्तर्गत आन्तरिक हवाई यात्रालाई थप किफायती बनाउने लक्ष्यसहित प्रयोगकर्ताका लागि क्यासब्याक अफर र टिकट जित्ने अवसर सार्वजनिक गरिएको हो।योजना अनुसार प्रयोगकर्ताले डिजिटल माध्यमबाट टिकट खरिद गर्दा ५ सयदेखि १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, १५ जना भाग्यशाली प्रयोगकर्तालाई दैनिक रूपमा काठमाडौं–पोखरा वा पोखरा–काठमाडौं उडान टिकट जित्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ।

    images
    images

    यो अफर इसेवा र फोनपे​​​​​​​ मार्फत प्रयोग गर्न सकिनेछ। प्रयोगकर्ताले सम्बन्धित एपमार्फत सहजै अफरमा सहभागी भई क्यासब्याक तथा लक्की ड्रमा भाग लिन सक्नेछन्।कम्पनीका अनुसार डिजिटल कारोबारलाई थप आकर्षक बनाउँदै प्रयोगकर्तालाई प्रत्यक्ष लाभ दिने उद्देश्यले यस्तो योजना ल्याइएको हो। यसले दैनिक डिजिटल भुक्तानीलाई पुरस्कारमा रूपान्तरण गर्दै यात्रा अनुभवलाई थप सहज र लाभदायक बनाउने विश्वास गरिएको छ।फोनपोइन्ट्सले यस पहलमार्फत नेपालमा डिजिटल रिवार्ड प्रणालीलाई विस्तार गर्दै प्रयोगकर्तालाई थप सुविधा र मूल्य प्रदान गर्ने रणनीति अघि बढाएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend