काठमाडौँ। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (चैत ५ गते) अन्तिम दिन रहेको छ।कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँमध्ये २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि अनुमति पाएको थियो। सोहीमध्ये सर्वसाधारणका लागि छुट्याइएको हिस्साबाट १० प्रतिशत अर्थात १ लाख ४ हजार कित्ता शेयर विदेशमा श्रम स्वीकृति लिएर काम गरिरहेका नेपालीहरूलाई छुट्याइएको हो। प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। कम्पनीको वित्तीय अवस्था मूल्याङ्कन गर्दै इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।इच्छुक लगानीकर्ताहरूलाई समयमै आवेदन दिन कम्पनीले आग्रह गरेको छ।




.gif)



