images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • चीनले ल्यायो ९ मिनेटमै चार्ज हुने...

चीनले ल्यायो ९ मिनेटमै चार्ज हुने ‘इभी’

चीनले ल्यायो ९ मिनेटमै चार्ज हुने ‘इभी’

images
images
बुधवार, चैत्र ४ २०८२
बुधवार, चैत्र ४ २०८२
  • काठमाडौँ । इलेक्ट्रिक भेहिकल’ (इभी)को दुनियाँमा चीनले चमत्कार गरेको छ । एक चिनियाँ कम्पनीले ९ मिनेटमै चार्ज हुने गाडी बजारमा ल्याएको हो ।चीनको प्रख्यात इलेक्ट्रिक कार कम्पनी ‘बीवाईडी’ले आफ्नो नयाँ गाडी फाङ छेङ बाओ टी३ को ‘फ्ल्याश चार्जिङ एडिसन’ ल्याएको हो । यो कारको विशेषता भनेकै सुपर फास्ट चार्जिङ स्पीड हो ।

    images
    images

    सामान्य तापक्रममा यो गाडी ९ मिनेटमै फुल चार्ज हुने र ६२० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । माइनस ३० डिग्री तापक्रममा पनि यो गाडीको चार्जिङ स्पीडमा ३ मिनेटमात्र फरक पर्ने जनाइएको छ ।यो गाडीमा एआईको समेत प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसमा ‘गड्स आई’ नामक ड्राइभर असिस्टेन्ट सिस्टम रहेको र सेन्सर तथा क्यामेराको मद्दतले सडकमा हुने सम्भावित खतरा पहिचान गरी गाडीलाई सुरक्षित राख्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend