images

२०८३ आश्विन १८ गते

images
images
images

अचार बेचेर मासिक २५ हजार आम्दानी

अचार बेचेर मासिक २५ हजार आम्दानी

images
images
मंगलवार, चैत्र ३ २०८२
मंगलवार, चैत्र ३ २०८२
  • घोराही। लमही नगरपालिका–५ की आशारानी चौधरीले विगत १३ वर्षदेखि अचार व्यवसाय गर्दै आएकी छन्। उनी अहिले घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आफ्ना अचार बिक्रीका लागि सहभागी भएकी छन्।आशारानीले तामा, हरियो खुर्सानी, करेला, मेथी, आँपलगायतका अचार उत्पादन गर्छिन्। उनका अनुसार आँपको अचार सबैभन्दा बढी बिक्री हुन्छ र व्यवसायबाट मासिक २५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी छिन्।सुरुवातमा स्वान नेपालबाट तालिम लिएकी आशारानी अहिले उत्पादनका साथै महिलालाई तालिम दिने काममा पनि संलग्न छिन्। उनी आफ्नो अचार उद्योगका लागि आँप एक वर्षअघि नै मौज्दात राख्ने गर्छिन्।

    images
    images

    आशारानीका अनुसार महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सीपमा जोडिनु जरुरी छ। उनले आफ्ना अचारमा कुनै रासायनिक पदार्थ प्रयोग नगर्ने र उत्पादन गुणस्तरीय हुने बताउँदै स्थानीय नागरिकलाई आफ्नै गाउँघरमा उत्पादन भएको अचार प्रयोग गर्न सुझाइन् मेलामा ग्राहकको मुख्य रोजाइ मिक्स अचार रहेको छ। आशारानीले महिलाका लागि व्यवसायिक अवसर सिर्जना गर्न स्थानीय सरकारको पहल आवश्यक रहेकोमा जोड दिएकी छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend