images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • नेपाली बजारमा भित्रियो ‘नथिङ फोन फोर...

नेपाली बजारमा भित्रियो ‘नथिङ फोन फोर ए’, बड्स निःशुल्क

नेपाली बजारमा भित्रियो ‘नथिङ फोन फोर ए’, बड्स निःशुल्क

images
images
सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • काठमाडौँ । स्मार्टफोन ब्रान्ड नथिङले आफ्नो बहुप्रतिक्षित ‘फोन फोर ए’ सेरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। चौधरी समूह अन्तर्गतको सिजी मोबाइल्सले आधिकारिक रूपमा आयात तथा बिक्री वितरण सुरु गरेको यो नयाँ स्मार्टफोन टेक इन्थ्युजियास्टहरू माझ निकै रुचाइने अपेक्षा गरिएको छ। नथिङ फोन फोर ए नेपाली बजारमा ८/१२८ जीबी, ८/२५६ जीबी र १२/२५६ जीबी गरी तीनवटा भेरियन्टमा उपलब्ध छ। सेतो, कालो, नीलो र गुलाबी गरी चार आकर्षक रङमा पाइने यो फोनको सुरुवाती मूल्य ५५ हजार ९९९ रुपैयाँ तोकिएको छ। विशेष उपहार स्वरूप सुरुवाती ग्राहकहरूले ८ हजार ९९९ रुपैयाँ मूल्य पर्ने 'सिएमएफ बड्स टु ए प्लस' निःशुल्क पाउने सिजी मोबाइल्सका महाप्रबन्धक विनय जोशीले जानकारी दिएका छन्। जोशीका अनुसार प्रिमियम डिजाइन र स्पेसिफिकेसन भए पनि नथिङले नेपाली ग्राहकका लागि किफायती मूल्य कायम गर्ने प्रयास गरेको छ।

    images
    images

    यस पटक नथिङले क्यामेरामा विशेष जोड दिएको छ। ७० एक्स अल्ट्रा जुमसहितको तीनवटा क्यामेरा सेटअप भएको यो फोनलाई टेक रिभ्युअरहरूले यस सेग्मेन्टकै उत्कृष्ट क्यामेरा फोनको रूपमा व्याख्या गरेका छन्। एल्युमिनियम फ्रेम र नथिङको सिग्नेचर ट्रान्सप्यारेन्ट ग्लास ब्याक डिजाइनमा रहेको यो फोनमा प्रिमियम ग्लिफ लाइट जडान गरिएको छ। साथै, धुलो र पानीबाट बचाउन यसमा आइपी ६८ रेटिङको सुरक्षा दिइएको छ। फोनको बक्स भित्रै प्रिमियम केस समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।नथिङ फोन फोर ए मा स्न्यापड्रागन सेभेन एस जेन फोर प्रोसेसर प्रयोग गरिएको छ, जसले गेमिङ र मल्टिटास्किङलाई सहज बनाउँछ। सफ्टवेयरतर्फ यसमा ब्लोटवेयर रहित क्लिन 'नथिङ ओएस' रहेको छ, जसमा तीन पुस्तासम्मको एन्ड्रोइड अपडेटको ग्यारेन्टी गरिएको छ। 

    आधुनिक एआई प्रविधिप्रति रुचि राख्नेहरूका लागि यसमा गुगल जेमिनी र च्याट जीपीटी जस्ता प्रिमियम एआई टुल्सहरू पहिले नै इन्टिग्रेटेड गरिएको छ, जसले प्रयोगकर्ताको दैनिक कार्यलाई थप स्मार्ट बनाउनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend