images

२०८३ आश्विन १८ गते

images
images
images

प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

images
images
सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • सुनसरी । जिल्ला प्रशासन कार्यालयले इनरुवामा रहेको ग्यास पसलको अनुगमन गरेको छ । पछिल्लो समय ग्यासमा कालोबजारी बढेको भनी आएको गुनासोका अधारमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी दिएका हुन् ।इनरुवाको पाँचवटा पसलमा बिक्रीका लागि राखिएको सुविधा, प्रिमा, कमख्या, कोशी ग्यास भएको पसलमा अनुगमन गरेको उनले बताए । इनरुवामा आवश्यकता अनुसार ग्यास भएको, ग्यासमा कालोबजारी नभएको, उपभोक्ताले आवश्यकता भएका बेलामा व्यवस्था अनुसार पाइरहेको भेटिएको उद्योग वाणिज्य सङ्घ इनरुवाका उपाध्यक्ष गिरीराज अटलले जानकारी दिए ।

    images
    images

    अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय उद्योग वाणिज्य सङ्घ, उपभोक्तासहितको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीले ग्यासको उत्पादक, वितरक र डिलरलाई ग्यासको अनावश्यक मौज्दात नराख्न, पालो प्रणालीमार्फत पारदर्शी वितरण गर्न, कृत्रिम अभाव सिर्जना नगर्न, बजार मूल्यभन्दा बढी नलिन र खरिदबिक्रीको विवरण व्यवस्थित राख्न निर्देशन दिएको छ ।सुनसरी प्रशासनको निर्देशन उलङ्घन गरेको खण्डमा कानुन अनुसार कारबाही हुने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend