images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • शेयर बजारमा सामान्य अंकको बढोत्तरी, नौ...

शेयर बजारमा सामान्य अंकको बढोत्तरी, नौ उपसूचक हरियालीमा — कारोबार १४ अर्बभन्दा बढी

शेयर बजारमा सामान्य अंकको बढोत्तरी, नौ उपसूचक हरियालीमा — कारोबार १४ अर्बभन्दा बढी

images
images
आइतवार, चैत्र १ २०८२
आइतवार, चैत्र १ २०८२
  • काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा सामान्य सुधार देखिएको छ।

    images
    images

    आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा कायम भएको छ। निर्वाचनपछि शेयर बजार निरन्तर बढ्ने अपेक्षा गरिएको भए पनि हालसम्म अपेक्षित सुधार भने देखिन सकेको छैन।

    आज ३५० वटा कम्पनीका ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

    images
    images

    आजको कारोबारमा ९ वटा उपसूचक हरियालीमा देखिएका छन्। बजारमा सुधार आउँदा सोलु हाइड्रोपावर र सालपा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

    कारोबार रकमका आधारमा आज ग्रिन लाइफ हाइड्रोपावर अग्रस्थानमा रहेको छ। कम्पनीको ८१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

    त्यसैगरी कारोबार रकमका आधारमा

    रिडी पावर कम्पनी – ६७ करोड ९६ लाख ४३ हजार रुपैयाँ

    नेशनल हाइड्रोपावर कम्पनी – ६२ करोड ५५ लाख २३ हजार रुपैयाँ

    हिमाल दोलखा हाइड्रोपावर – ५५ करोड १३ लाख १८ हजार रुपैयाँ

    राधी विद्युत कम्पनी – ४५ करोड ७६ लाख ४ हजार रुपैयाँ

    बराबरको शेयर खरिदबिक्री भएको छ। आजको कारोबारमा जलविद्युत समूहका कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend