images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • बजारमा अबदेखि आधा सिलिन्डर ग्यास मात्रै...
आधा सिलिन्डर ग्यास मात्रै पठाइने

बजारमा अबदेखि आधा सिलिन्डर ग्यास मात्रै पठाइने

बजारमा अबदेखि आधा सिलिन्डर ग्यास मात्रै पठाइने

images
images
बिहिवार, फाल्गुण २८ २०८२
बिहिवार, फाल्गुण २८ २०८२
  • काठमाडौँ । उपभोक्ताले अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाउने भएका छन्। उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास भण्डारण गर्न थालेपछि नेपाल आयल निगम ले बजारमा आधा सिलिन्डर ग्यास पठाउने निर्णय गरेको हो।

    images
    images

    बिहीबार बसेको निगमको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले जानकारी दिए। पछिल्लो समय मध्यपूर्वमा देखिएको युद्धका कारण ग्यास आपूर्तिमा समस्या उत्पन्न हुँदा बजारमा अभाव देखिएको बताइएको छ।

    ग्यास अभावका कारण उपभोक्ताहरू ग्यास लिन लामो समय लाइनमा बस्न बाध्य भएका छन्। भारतबाट मागअनुसार ग्यास आपूर्ति नआएपछि समस्या थपिएको निगमले जनाएको छ।

    images
    images

    नेपालले खाना पकाउने ग्यास इन्डियन आयल कर्पोरेशन मार्फत खरिद गरेर ल्याउने गरेको छ। उता भारतमा पनि ग्यासको अभाव देखिन थालेको छ। भारतीय सरकारले रेस्टुरेन्टहरूलाई ग्यास उपलब्ध गराउन नसक्ने अवस्था आएको बताइएको छ।

    निगमका अनुसार हालको आपूर्ति अवस्थालाई व्यवस्थापन गर्न अस्थायी रूपमा आधा सिलिन्डर ग्यास मात्रै वितरण गर्ने निर्णय गरिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend