images

२०८३ आश्विन १६ गते

images
images
images

पोखराबाट मुक्तिनाथसम्म धार्मिक पर्यटकीय गन्तव्य एउटै प्याकेजमा

पोखराबाट मुक्तिनाथसम्म धार्मिक पर्यटकीय गन्तव्य एउटै प्याकेजमा

images
images
बुधवार, फाल्गुण २७ २०८२
बुधवार, फाल्गुण २७ २०८२
  • गण्डकी। नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशले पर्यटन यातायातमार्फत पोखरादेखि हिमालपारिको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिरसम्मका धार्मिक तथा पर्यटकीय गन्तव्यलाई समेट्दै नयाँ यात्रा प्याकेज सुरु गर्ने भएको छ।

    images
    images

    सङ्घका अध्यक्ष दुर्गादत्त दाहालका अनुसार पोखराबाट मुस्ताङसम्मका धार्मिक गन्तव्य समेट्ने यो सेवा आगामी चैत १ गतेदेखि सञ्चालनमा ल्याइनेछ। गण्डकी प्रदेश धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रवर्द्धन र विकासलाई प्राथमिकता दिइएको उनले बताए।

    सङ्घका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक बाबुराम पाण्डेका अनुसार पर्यटकहरूले पोखराबाट मुक्तिनाथसम्मका विभिन्न धार्मिक तथा प्राकृतिक गन्तव्यलाई एउटै यात्रामा अवलोकन गर्न पाउने गरी दुई दिने प्याकेज तयार गरिएको छ।

    images
    images

    प्याकेजअनुसार पहिलो दिन पर्यटकहरू पोखराबाट यात्रा सुरु गरी कुस्मा हुँदै बागलुङ कालिका मन्दिर र गलेश्वर मन्दिरमा दर्शन गर्नेछन्। त्यसपछि तातोपानी र मार्फा गाउँ अवलोकन गर्दै जोमसोम पुग्ने कार्यक्रम रहेको छ।

    दोस्रो दिन जोमसोमबाट कागबेनी हुँदै मुक्तिनाथ मन्दिरमा दर्शन गरी पुनः पोखरा फर्किने व्यवस्था गरिएको छ।

    सवारीसाधन, होटल तथा खाना–खाजाको सुविधाअनुसार न्यूनतम दुई हजार ९९९ रुपैयाँदेखि पाँच हजार ९९९ रुपैयाँसम्मका विभिन्न प्याकेज निर्धारण गरिएको पाण्डेले जानकारी दिए।

    सङ्घका सल्लाहकार तथा पूर्वअध्यक्ष बोबरजङ्ग गुरुङका अनुसार पछिल्लो समय नेपालका विभिन्न क्षेत्रसँगै भारत र अन्य देशबाट आउने पर्यटकहरूको ठूलो सङ्ख्या मुक्तिनाथ पुग्ने गरेको छ। आकर्षक प्याकेजले स्वदेशी तथा विदेशी पर्यटकलाई थप सुविधा पुग्ने र यसले पर्यटक आगमन वृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

    सङ्घअन्तर्गत आबद्ध १२४ सदस्यहरूले सुविधा सम्पन्न पर्यटक सवारीसाधन सञ्चालन गर्दै आएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend