काठमाडौं । बजारमा भुइँकटहरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि निर्धारण गरेको मूल्यसूचीले भुइँकटहरको भाउ बढेको देखाएको हो ।आज मंगलबार कालीमाटी बजारमा भुइँकटहर थोकमा प्रतिगोटा न्यूनतम १५० देखि अधिकतम १६० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै औसत भने १ सय ५५ रुपैयाँ कायम छ ।
हिजो सोमबार भने भुइँकटहर थोकमा प्रतिगोटा न्यूनतम १४० देखि अधिकतम १५० र औसत १ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।भुइँकटहर बजारमा बाह्रै महिना उपलब्ध हुने व्यवसायी बताउँछन् । भुइँकटहर नेपालमा तराई भेगमा उत्पादन हुन्छ । त्यहाँको उत्पादन कम हुने हुँदा धेरै परिमाणमा भारतबाट आयात हुने गरेको कालीमाटीका व्यवसायी बताउँछन् ।




.gif)



