काठमाडौं । बजारमा कोइरालो आउन थालेको छ । व्यवसायीहरूका अनुसार फागुन दोस्रो सातादेखि बजारमा कोइरालो आउन थालेको हो ।कोइरालोको मुख्य सिजन चैत हो । कालीमाटी बजारमा कोइरालो धादिङका विभिन्न ठाउँबाट भित्रिने गर्छ । कालीमाटी बजारको तथ्यांकले आज मंगलबार कोइरालो प्रतिकिलो थोकमा न्यूनतम ३ सय २० देखि अधिकतम ३ सय ५० र औसत ३ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।
२३ फागुनमा कोइरालो प्रतिकिलो थोकमा न्यूनतम ३ सय ५० देखि अधिकतम ४ सय र औसत ३ सय ७५ रुपैयाँमा किनबेच भएको थियो । सिजन सुरु भएसँगै कोइरालोको भाउ घट्ने व्यवसायी बताउँछन् ।अहिले भर्खरै बजारमा आउन थालेकाले केही महँगो पर्न जाने व्यवसायीको भनाइ छ । कोइरालोको फूलको अचार बनाएर खाने गरिन्छ ।




.gif)



