images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • सानिमा सेक्यूरिटीजको साधारण सभा कात्तिक...

सानिमा सेक्यूरिटीजको साधारण सभा कात्तिक १३ गते हुने

सानिमा सेक्यूरिटीजको साधारण सभा कात्तिक १३ गते हुने

images
images
बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • काठमाडौं । सानिमा सेक्यूरिटीजले कात्तिक १३ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा विहान ११ बजे सभा गर्न लागेको हो ।

    images
    images

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव सभाले पारित गर्नेछ । साथै प्रबन्धपत्र तथा नियमावली संशाधेन गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभामार्फत हुनेछ । 

    सानिमा बैंकको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीले नयाँ ब्रोकर कम्पनीको रुपमा ८३ नम्बरबाट कारोबार सञ्चालन गर्दै आएको छ । सिमित कार्य गर्ने ब्रोकर कम्पनीको रुपमा यस कम्पनीलाई नेपाल धितोपत्र बोर्डले २०८० साल साउन १० गते अुनमति प्रदान गरेको थियो ।

    images
    images

    बोर्डको अनुमति पश्चात् नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार सदस्यको ८३ नम्बरको लाईसेन्स भने भदौ २५ गते प्राप्त गरेको हो । कम्पनीले गत वर्षको असोज २९ गतेदेखि धितोपत्र दलाल व्यवसायीको रुपमा कारोबार सुरु गरेको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend