images

२०८३ आश्विन २० गते

images
images
images
  • शिक्षा
  • मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवाली

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवाली

images
images
बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ । 

    images
    images

    प्रदेश सरकार मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा पाल्पा निवासी डा. प्रदीप ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । यसअघि प्रतिष्ठानको उपकुलपतिका लागि डा. प्रदीप ज्ञवाली सहित सर्लाहीका डा. हरिबहादुर खड्का र काठमाडौँ निवासी डा. सुजन मानन्धरको नाम सिफारिस भएको थियो ।
     
    डा. ज्ञवालीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिन क्लिनिकल फर्माकोलोजिमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ महाराजगञ्ज मेडिकल क्याम्पस ‘एशोसिएट प्रोफेसर’ समेत हुनुहुन्छ । डा ज्ञवालीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिव भएर काम गरिसक्नुभएको छ ।

    चारवर्षे कार्यकाल पूरा गरी प्रतिष्ठानको उपकुलपति डा. विश्वराज जोशी बिदा हुनुभएपछि गत साउन १५ गतेदेखि सो पद रिक्त थियो । यसैगरी आजैको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारले पठाएका तीन जना सचिवलाई पदस्थापन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रिक्त सचिव पदमा बिदुर खनाललाई जिम्मेवारी दिएको छ । यस्तै प्रदेश नीति तथा योजना आयोगको सचिवमा केशवराज सुवेदी, प्रदेश लोकसेवा आयोगको सचिवमा तुलसीनाथ गौतमलाई जिम्मेवारी दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता लामिछानेले जानकारी दिनुभयो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend